१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीका बाढीपीडितलाई राहत वितरण




राजविराज
, ८ भदौ । बाढी र पहिरोका कारण विस्थापित परिवारलाई विभिन्न संघ संस्थाले राहत वितरण गरेका छन् ।

राजविराज नगरपालिका–९ स्थित मलेठका करिब ५६० बाढीपीडित परिवारलाई आसमान नेपालले बुधबार राहत वितरण गर्यो । वर्ल्डवाइड कनसल्ट तथा पिपुल इन निड नामक संस्थाको सहयोगमा राजविराजस्थित राज रंगशालामा आयोजित कार्यक्रममा उनीहरुलाई विभिन्न खाद्य सामग्रीसहित राहत वितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवणकुमार देवले जानकारी दिए ।

प्रतिव्यक्ति ३० किलो चामल, पाँच किलो दाल, एक किलो नुन, दुई लिटर खाने तेल, दुई किलो चिनी, एक–एक थान बाल्टिन र मग तथा एक थानका दरले झुल, दुई–दुई थानका दरले नुहाउने साबुन र एक थान सेनेटरी प्याडलगायत सामग्री वितरण गरिएको बताइएको छ ।

यस्तै, डियर वाक फाउन्डेसन, काठमाडौँले सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रहेका ९० बाढीपीडित परिवारलाई राहतस्वरुप चार हजार ५०० का दरले राहत प्रदान गरिएको सो संस्थाका स्वयंसेवक सन्दीप सदाले जानकारी दिए ।

यसैगरी, गैरआवासीय नेपाली संघले सप्तरीको बोदेबर्साइन नगरपालिकालगायत विभिन्न ठाउँमा मंगलबार र बुधबार बाढीपीडितलाई राहत वितरण गरेको छ । करिब एक हजार ५०० परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेललगायतको राहत वितरण गरिएको बताइएको छ ।
रासस

 

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार ००:००