७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपीडितलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था मिलाउन माग




काठमाडौँ
, ६ भदौ । व्यवस्थापिका– संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर छलफल गर्न ध्यानाकर्षण गराएका छन् ।

तराई–मधेशमा हालै भएको डुबानबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी मर्कामा परेकाले उनीहरुलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था तत्काल मिलाउन पनि उनीहरुले माग गरे ।

‘नेपाल–भारतको सीमामा ६४ ठाउँमा भारतले सिमाना मिचेको हुँदा’ प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा कुरा उठाउन, तराईको डुबानग्रस्त क्षेत्रमा सरुवा रोगबाट महामारी फैलन सक्ने भएको हुँदा सयममै चिकित्सक टोली खटाउन र स्वास्थ्यसम्बन्धी संयन्त्र खडा गर्न सांसदले सुझाव दिए ।
रासस

प्रकाशित मिति : ६ भाद्र २०७४, मंगलबार ००:००