१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए




बनेपा
, ६ भदौ । काभ्रेपलाञ्चोकमा फोटोसहितको मतदाता नामावलीमा २९ हजार ७२९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा केही गाउँपालिकाको विवरण नआएकाले यो संख्या अझै बढ्न सक्ने निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता थिए ।
रासस

प्रकाशित मिति : ६ भाद्र २०७४, मंगलबार ००:००