८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा ८१ हजार भन्दा बढी नयाँ मतदाता




विराटनगर
, ५ भदौ । मोरङमा एकासी हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत भदौ ३ गतेसम्म ८१ हजार ८६२ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सोमध्ये ४१ हजार ४७८ महिला, ४० हजार ३८३ पुरुष र एक तेस्रो लिङ्गी रहेको कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । भदौ ३ गतेसम्मका लागि अवधि थप गरिएपछि २० हजार ९८७ मतदाता थपिएको हो ।

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकामा फोटोसहितको नामावली संकलनका लागि प्राविधिकसहितको टोली विभिन्न ठाउँ खटेर नामावली संकलन गरेका थिए ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार ००:००