१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीमा उन्नाइस करोडको माछा बगे




पथरी
— मोरङ, ४ भदौ । एक हप्ताअघि परेको लगातारको वर्षासंगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरका माछा बगाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको उक्त परियोजना कार्यान्वयन इकाइ प्रमुख प्रमोद रिजालले जानकारी दिए ।

रिजालका अनुसार निर्माण गरिएको पोखरी, उत्पादन गरिएका भुरा, बिक्री गर्ने तयारी गरिएका माछा बगाउँदा १९ करोड मूल्य बराबरको क्षति भएको हो । मोरङको रंगेली नगरपालिका क्षेत्रका पोखरीमा कृषकले पालेको माछा पोखरीमा पानी थपिएपछि बगेका हुन् । रंगेलीका पोखरीबाट १२ करोड मूल्य बराबरका माछा र पोखरीमा क्षति पुगेको छ ।

कटहरी गाउँपालिकामा सञ्चालित परियोजनामा तीन करोड, धनपालथान गाउँपालिकामा दुई करोड ५० लाख र पथरी शनिश्चरे नगरपालिकामा ५० लाख बराबरको माछामा क्षति पुगेको परियोजना प्रमुख रिजालको भनाइ छ ।
रासस

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार ००:००