९ मंसिर २०७९, शुक्रबार | Fri Nov 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीद्वारा बाढीपीडितलाई डेढ लाख राहत संकलन




भीमदत्तनगर
, ३ भदौ । कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको जानकारी दिए ।

उनले हालसम्म डेढ लाख संकलन भइसकेको जानकारी दिँदै संकलित राहत रकम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हस्तान्तरण गरिने बताए ।
रासस

प्रकाशित मिति : ३ भाद्र २०७४, शनिबार ००:००