११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याद गुज्रेका खाद्यान्न वितरण नगर्न निर्देशन




राजविराज
, २ भदौ । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरेका छन् ।

सप्तरीको बाढीपीडितलाई केही स्थानमा वितरण गरिएको खाद्य पदार्थ तथा औषधिलगायतका सामग्री गुणस्तरहीन, म्याद नाघेका भेटिएको भन्ने समाचार बाहिर आएकोप्रति जिल्ला प्रशासन कार्यालय, सप्तरीको ध्यानाकर्षण भएको उनले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो सत्यतथ्य कुराको छानबिन भइरहेको जानकारी दिँदै सम्बन्धित सबैमा जिम्मेवाररुपमा प्रस्तुत हुनसमेत उनले अनुरोध गरे ।

अफवाहको पछाडि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्दै कुनै पनि व्यक्ति, संस्था वा निकायलाई म्याद नाघेका, गुणस्तरहीन औषधि तथा खाद्य पदार्थ बाढी प्रभावित क्षेत्रमा वितरण नगर्न र नगराउनु हुनसमेत प्रजिअ पाण्डेले विज्ञप्तिमार्फत सचेत गराएका छन् ।

यदि त्यस्तो कार्य कोही कसैले गरेको पाइएमा त्यसलाई कानूनबमोजिम कारबाही हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
रासस

प्रकाशित मिति : २ भाद्र २०७४, शुक्रबार ००:००