राजविराज, १ भदौ । चौधरी ग्रुपले सप्तरीका तीनवटा गाउँका बाढीपीडित परिवारलाई बुधबार राहत वितरण गरेको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका अन्तर्गत २, ३ र ४ नं वडाको सकरदही, मधुवापुर र कदमाहाका ५७० परिवारलाई राहत प्रदान गरिएको बताइएको छ ।
सो ग्रुपले बाढीबाट विस्थापित तथा प्रभावित भएका परिवारलाई दश प्याकेट चाउचाउ, एक किलो भुजिया र एक बोतल मिनरल वाटरलगायतको सामग्री वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर अनिल सिंहले जानकारी दिए ।
यस्तै, एक हप्ता अगाडि सप्तरीको राजविराज–१५ स्थित खाँडो नदीमा देउरी भरुवाबाट बगेर बेपत्ता भएका डोमी यादवको परिवारलाई राष्ट्रिय जनता पार्टीले आर्थिक सहयोग गरेको छ ।
राजपा सप्तरीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवको नेतृत्वमा स्थानीय नेता तथा कार्यकर्ताले बेपत्ता यादवको परिवारलाई ११ हजार आर्थिक सहयोग गरेको राजपा नेता गजेन्द्र मण्डल (अनुराग) ले जानकारी दिए ।
रासस
प्रतिक्रिया