७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा राहत वितरण




भद्रपुर
, ३२ साउन । झापामा हालै आएको बाढीबाट भएको जनधन क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न संघ–संस्थाबाट राहत सामग्री जुटिरहेको छ भने पीडित परिवारमा वितरण गर्ने कार्यलाई तीव्र पारेको नेपाल रेडक्रश सोसाइटी झापा शाखाले जनाएको छ ।

संकलित राहत सामग्रीलाई सोसाइटीले बाढी प्रभावित क्षेत्र झापा गाउँपालिका–७ मदरगाछका १०० परिवारमा भुजा (मुरइ) १० बोरा, चाउचाउ १५ कार्टुन, बिस्कुट तीन कार्टुन र त्रिपाल १० वटा वितरण गरेको छ ।

यसैगरी, भद्रपुर नगरपालिका–८ का २८ परिवारलाई प्रतिपरिवार एक थान त्रिपाल र एक थान कम्बल, वडा नं ५ का ७६ परिवारलाई प्रतिपरिवार एक थान त्रिपाल र एक थान कम्बल, झापा गाउँपालिकामा ६० परिवारमा प्रतिपरिवार एक थान त्रिपाल र ३६ वटा म्याट, हल्दिवारी गाउँपालिकामा छ परिवारमा प्रतिपरिवारमा एक थान त्रिपाल, भद्रपुर नगरपालिका–३ का २६ विस्थापित परिवारमा प्रतिपरिवारमा एक थान त्रिपाल र एक थान कम्बल, कचनकवल गाउँपालिका–४ का विस्थापित २०० परिवारलाई त्रिपाल, गौरीगञ्ज गाउँपालिका–१ मा १९४ थान त्रिपाल र ८० थान कम्बल, विर्तामोड नगरपालिका–२ मा ३० थान त्रिपाल, १५ थान कम्बल र तीन थान म्याट, झापा गाउँपालिका–७ मा १२ परिवारलाई एनएफआरएल पूर्ण सेट र कन्काई नगरपालिका सुरुङ्गामा ३९ परिवारमा प्रतिपरिवार एक थान त्रिपाल र एक थान कम्बल वितरण गरेको सोसाइटीका सभापति लोकराज ढकालले जानकारी दिए ।

साउन २९ गतेबाट नै राहत सामग्री वितरण संगसंगै भद्रपुर उच्च माविमा रहेका ७६ परिवारलाई नगरपालिका, मारवाडी युवा समाज तथा स्थानीय व्यक्तिको सहयोगमा बिहान बेलुका खाना र बिर्तामोड टाइमस्क्वायर होटलमा रहेका ६५ परिवार सोसाइटीको उपशाखा विर्तामोडद्वारा खानाको व्यवस्था मिलाइएको छ ।
रासस

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार ००:००