७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीका कारण ठाउँ नपाएर आँगनमै दाहसंस्कार




गौशाला
, ३१ साउन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ ।

जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन् ।

गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए ।

बाढीका कारण घरबाट समेत निस्कने अवस्था नरहेको र गाउँको कुनै पनि ठाउँ वा वनसमेत सुख्खा नरहेको पाएपछि बुबा रामेश्वरलाई आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए ।

बाढीको त्रास फैलिएका बेला रामेश्वरको हृदयाघातबाट घरमै मृत्यु भएको थियो ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार ००:००