१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुईदिनदेखि विद्युत् र टेलिफोन अवरुद्ध




गाईघाट
(उदयपुर), २९ साउन । शुक्रबार बेलुकीदेखि आएको वर्षाले सुनसरीको इटहरीमा रहेको क्षेत्रीय टेलिकम सेवा कार्यालयको टावरमा गडबडी भएपछि उदयपुर जिल्लामा पनि दुईदिनदेखि मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिफोन तथा मोबाइल सेवासमेत अवरुद्ध हुँदा स्थानीयवासी तथा पत्रकार सञ्चारकर्मीसमेत समाचार संकलन गर्नमा हैरानी पर्न थालेको उदयपुरका पत्रकार भक्तिविलास पोखरेलले बताए ।

दुईदिनदेखि टेलिफोन सेवा सञ्चलन हुन नसक्दा तराईका केही जिल्ला र उदयपुरवासी टेलिफोन तथा मोबाइल सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासी बताउँछन् ।

आज ९आइतबार०देखि टेलिकम सेवा सञ्चालन हुन सक्ने आफूहरुले जानकारी पाएको कुरा जिल्ला टेलिकम कार्यालय, गाईघाटले बताएको छ ।

यस्तै, निरन्तर वर्षाका कारण उदयपुर र सप्तरीको बीचमा पर्ने कद्माहा खोलामा आएको बाढीले विद्युत्को पोल ढालेकाले दुईदिनसम्म उदयपुरवासी अन्धकारमा बस्नुपरेको स्थानीयवासीले बताएका छन् ।

दुईदिनसम्म विद्युत् सञ्चालन हुन नसक्दा रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्नदेखि अन्य कुरासमेत ठप्प हुन पुगेको गाईघाटका राजकुमार कार्कीले बताए ।

विद्युत्को पोल र तार मर्मत गर्ने काम भइरहेका कारण आजदेखि विद्युत् सञ्चालन हुनसक्ने अवस्था रहेको कुरा जिल्ला विद्युत् प्राधिकरण कार्यालय उदयपुरका प्रमुख अवधेशकुमार दुबेले बताए ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार ००:००