१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिससमा कांग्रेस–माओवादी गठबन्धनकाे मात्र उम्मेदवारी




अर्घाखाँची
, २७ साउन । जिल्ला समन्वय समिति अर्घाखाचीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनको मात्र उम्मेदवारी परेको छ ।

सोअनुसार अध्यक्षमा कांग्रेसका पीताम्बर शर्मा भुसाल र उपाध्यक्षमा माओवादी केन्द्रका ऋषिबहादुर पुलामीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यमा माओवादी केन्द्रबाट ढालबहादुर राउत क्षेत्री र रेमबहादुर राना मगर तथा कांग्रेसबाट शमशेर दिन मियाँको उम्मेदवारी परेको छ ।

महिला सदस्यमा विमला परियार, झमकुमारी श्रेष्ठ र लक्ष्मी पौडेल तथा दलित सदस्यमा बलेन्द्र विकले उम्मेदवारी दर्ता गरेको निवार्चन समितिका सदस्य टेकराज गैरेले जानकारी दिए ।

मनोनयन दर्तासंगै सबै पद निर्विरोध हुने निश्चित भएको छ । नेकपा एमालेले भने कुनै पनि पदमा उम्मेदवारी दर्ता गराएको छैन । निर्वाचन आगामी भदौ १ गते हुँदैछ ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार ००:००