१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका र नगरपालिकाले कार्यालयका लागी ३० बर्षसम्म सरकारी जग्गा उपभोग गर्न पाउने



स्थानीय खबर संवाददाता । सरकारले गाउँपालिका र नगरपालिकाको कार्यालयका लागी आवश्यक जग्गा ३० बर्षसम्मका लागी निशुल्क उपभोग गर्न पाउने व्यवस्था गरेको छ ।

स्थानीय तहको आफ्नै जग्गा नभए मन्त्रीपरिषद्को स्वीकृतिमा सरकारी जग्गामा भवन बनाउन सकिने भुमीसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए ।

“गाउँपालिका वा नगरपालिकाको आफ्नै जग्गा भए त भइहाल्यो, यदि छैन भने, सरकारी जग्गा ३० बर्षसम्म निशुल्क उपभोग गर्न सक्छन्,” उनले भने, “तर नाफामुलक काममा सरकारी जग्गा उपयोग गर्न पाइने छैन । ३० बर्षपछि पनि थपिँदै जान सक्छ ।”

यसै गरि हालै पाल्पाको रामपुर नगरपालिकाको भवन निर्माण गर्न सरकारी जग्गा आवश्यक परेको र त्यसका लागी करिब २० जग्गा उपयोग गर्न प्रस्ताव आएको उनले जानकारी दिए । उक्त प्रस्तावलाई स्वीकृतिका लागी मन्त्रीपरिषद््को कार्यालयमा पेस गरिएको छ ।

साविकका कतिपय गाविस र नगरपालिकाको आफ्नै लालपुर्जा भएको जग्गा थियो । तीमध्ये कतिपय जग्गाहरूमा रहेका भवनहरू वडा कार्यालयमा परिणत भएका छन् । साविकका गाविस र नगरपालिकाहरू गाभिएर ठूलो भूगोलका स्थानीय तहहरू बनेपछि धेरै स्थानीय तहको केन्द्रमा कार्यालयका लागी नयाँ भवन निर्माण गर्नुपर्ने अवस्था छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहिबार ००:००