६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस सिन्धुलीमा एमाले–माअाेबादीका साझा उम्मेदवार निर्वाचित




सिन्धुली
, २५ साउन । जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा नेकपा एमालेका शंकरराज तिवारी बर्मा विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अध्यक्षका साझा उम्मेदवार बर्मा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रका सम्झना अधिकारी दनुवार निर्वाचित भएकी छन् । उनीहरू दुवैले १३–१३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षका प्रत्याशी नेपाली कांग्रेसका शम्भु राउत र उपाध्यक्षका प्रत्याशी दीपा वैजुले पाँच–पाँच मत मात्र प्राप्त गरे ।

नेकपा एमाले बाट अध्यक्षसहित चार सदस्य र माओवादी केन्द्रबाट उपाध्यक्षसहित पाँच सदस्य निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेका गंगाकुमारी कार्की, विन्दा परियार र माओवादी केन्द्रबाट भगवतीकुमारी पुलामी विजयी भएका छन् ।

अन्य सदस्यहरूमा एमालेबाट ऐमान बम्जन, माओवादी केन्द्रबाट अमृत वाइबा र चित्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् । माओवादी केन्द्रका तेजबहादुर सुनुवार अल्पसंख्यक कोटामा विजयी भएका छन् ।

दुई नगरपालिका र सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको सिन्धुलीमा नौवटै स्थानीय तहबाट निर्वाचित प्रमुख तथा उपप्रमुख गरी १८ जनाले मतदान गरेका थिए । निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरूले बरधबार नै शपथ ग्रहण गरेका छन् ।
रासस

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार ००:००