नेपालगन्ज, २५ साउन । बाँके जिल्ला समन्वय समितिको संयोजकमा संघीय समाजवादी फोरमका अजय श्रीवास्तव र सह–संयोजकमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा नौ सदस्यीय समन्वय समितिमा कांग्रेस, संघीय समाजवादी फोरम, राप्रपा र नेकपा माओवादी केन्द्र गठबन्धनले नेकपा एमालेलाई पाखा लगाउँदै जित हासिल गरेको हो ।
समितिमा कांग्रेसबाट तीन, फोरमबाट दुई, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक÷एकजना निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार समितिको महिला सदस्यमा विमलासिंह थारु, निलमसिंह ठकुरानी, जानुका क्षेत्री, अल्पसंख्यकमा नफिस नाउ विजयी भएका छन् । अन्य सदस्यमा चेतबहादुर घर्तीमगर, गुतु थारु र जुल्फकार अलि मनिहार विजयी भएका छन् ।
रासस
प्रतिक्रिया