१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकामै नागरिकता पाएपछि स्थानीयबासी हर्षित




पाँचथर
, २५ साउन । पाँचथरको तुम्बेवा गाउँपालिकामा सञ्चालन भएको शिविरमा १७८ जनाको नागरिकता वितरण गरिएको छ ।

तुम्बेवा गाउँपालिकाको आयोजनामा गत साउन २२, २३ र २४ गते सञ्चालित शिविरमा उनीहरुको नागरिकता वितरण गरिएको गाउँपालिका अध्यक्ष होम थापाले जानकारी दिए ।

वर्षातको समयमा इलाका प्रशासन कार्यालय रवि पुगेर नागरिकता बनाउन स्थानीयवासीलाई असहज भएको हुँदा गाउँमै टोली झिकाएर नागरिकता वितरण शिविर सञ्चालन गरिएको उनले बताए ।

इलाका प्रशासन कार्यालय रविको टोलीले तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमै गएर नागरिकता वितरण गरेको थियो । गाउँमै नागरिकता बनाउन पाएपछि आफू हर्षित भएको सुष्मा कार्कीले बताइन् ।

नागरिकता बनाउन रविसम्म पुग्नु पर्दथ्यो तर अहिले गाउँमै नागरिकता बनेपछि आफूहरु हर्षित भएको तुम्बेवा गाउँपालिका–३ का अशोक बस्नेतले बताए ।

सो शिविरमा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता परिचयपत्र वितरण कार्यक्रममा पाँच सय बढीको परिचयपत्र बनाएको निर्वाचन कार्यालय प्रमुख ध्रुव राईले बताए ।
रासस

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार ००:००