२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवोरा नदीमा झोलुंगे पुल निर्माण




कञ्चनपुर
, २४ साउन । कञ्चनपुरको मध्य भाग भएर बग्ने सुनवोरा नदीको जोनापुर–रानीपुर जोड्ने झोलुंगे पुल निर्माणको कार्य सम्पन्न भएको छ । रु ६८ लाख ३२ हजारको लागतमा १०१ मिटर लामो झोलुंगे पुल निर्माणको कार्य सम्पन्न भएको हो ।

पुल निर्माणका लागि स्वापको रु ६२ लाख, जिविसको रु दुई लाख ९३ हजार, शुक्लाफाँटा नगरपालिकाको एक लाख ४६ हजार र अन्य श्रमदान र दातृ संस्थाको सहयोगमा झोलुंगे पुलको निर्माण गरिएको पुल निर्माण समितिका कोषाध्यक्ष वसन्ती चौधरीले बताइन् ।

पुल निर्माण भएपछि जोखिम मोल्दै बाढी आएको नदी तर्नु पर्ने दिनको अन्त्य भएको यहाँका बासिन्दाले बताएका छन् ।
रासस

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार ००:००