१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समिति काठमाडौंमा एमालेको प्यानल विजयी, निर्वाचित ९ मध्ये ५ महिला



स्थानीय खबर संवाददाता । काठमाडौं जिल्ला समन्वय समितिमा एमालेको प्यानल नै विजयी भएको छ । प्रमुखमा शिवसुन्दर बैद्य र उपप्रमुखमा सरिता दहाल विजयी भएका छन् । यसैगरि सदस्यहरूमा कृष्णप्रसाद लम्साल, उद्धब भण्डारी, रघुबीर तिमल्सिना, तेजिला थापा, सान्नानी लामा, शीला चर्मकार र सरिता ढकाल निर्वाचित भएका छन् ।

अध्यक्ष बैद्य काठमाडौं महानगरपालिका १३ नं. वडाका सदस्य हुन् । बैद्य एमालेका पुराना कार्यकर्तासमेत हुन् । निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

तस्बिरः चन्द्रमणि भट्टराई

सपथ ग्रहण समारोहमा बोल्दै प्रमुख निर्वाचन अधिकृत अधिकारीले विधि बसाल्न पदमा पुगेका पदाधिकारीहरूले विधिसम्मत काममा जोड दिनु पर्ने बताए । शपथ ग्रहण पछि निर्वाचित पदाधिकारीहरूले काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । पदाधिकारीले आइतबार नै पदबहाली गरेका छन् ।

महिलाको बाहुल्यता

९ सदस्यीय समन्वय समितिका निर्वाचित पदाधिकारी मध्ये ५ जना महिला छन् । उपप्रमुख सरिता दाहाल महानगरकै वडा नंं ३२ बाट महिला सदस्य पदमा निर्वाचित भएकी हुन् । यसै गरि तेजिला थापा चन्द्रागिरी– ५ बाट, सावित्री ढकाल बुढानिलकण्ठ– ७ बाट, सान्नानी लामा गोकर्णेश्वर– ८ बाट र शिला चर्मकार नागार्जुन नगरपालिका वडा नंं ५ बाट वडा सदस्य पदमा निर्वाचित भएका हुन् ।

यस्तै रघुनाथ लामिछाने तारकेश्वर– ६ बाट, उद्धव भण्डारी गोकर्णेश्वर– २ बाट, त्यस्तै रघुनाथ लामिछाने तारकेश्वर–६ बाट  र कृष्णप्रसाद लम्साल कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ वाट वडा सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००