१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेडी गाउँ पहिराका कारण विस्थापित हुने अवस्थामा




बाजुरा
, २२ साउन । बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ ।

अविरल वर्षाका कारण गुइँगाडको खोलाबाट पहिरो जान थालेको छ । पन्ध्र वर्षदेखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि पहिरो जान थालेपछि बजेडीका बासिन्दा जाग्राम बस्न थालेको स्थानीयवासी खड्कराज जोशीले बताए ।

उनका अनुसार लगातारको पानीले गाउँको एक सय ३० घर परिवारलाई अन्यत्र बास बस्नुपर्ने बाध्यता छ । बजेडीमा घरको तलपट्टि र माथिबाट पहिरो आउन थालेपछि स्थानीयवासी झन् त्रसित बनेका हुन् ।

गाउँमा रहेका थालामेल, नाउली र दलित बस्तीका ५६ जनाको घर पानी र पहिराका कारणले भत्किएको स्थानीयवासी किट्टो ल्वारले बताए । छपन्न घरपरिवार मध्ये १४ परिवार बढी जोखिममा रहेको बताइएको छ ।

गाउँमा नयाँ सडक निर्माण भएसंगै पहिरो जान थालेपछि स्थानीयवासी अझै त्रसित भएका हुन् । घर माथिबाट पहिरो आउने सम्भावना भएपछि बजेडीका बासिन्दा राति जाग्रामै बस्ने गरेका छन् । पानी पर्दा नजिकैको विद्यालयमा जाने भए पनि हावाहुरीका कारणले विद्यालयको छाना उडाएपछि राति छाता ओढेर बस्ने गरेको स्थानीयवासी दयाराम जोशीले बताए ।

पहिराले सोही नगरपालिका– ३ गड्तोलाका ४० परिवार र देनवाडाका २० परिवारसमेत जोखिममा छन् । गड्तोलामा घरमाथिका खेतीयोग्य जमिन भासिएका छन् भने देनबाडा गाउँ नजिकै रहेको सामुदायिक वन भासिँदै गएकाले माथि र तलबाट पहिरो जान थालेको छ ।

पहिराले खेतीयोग्य जमिन बगाएको छ । पहिरोले बजेडीमा पाँच हजार हेक्टरको जमिन क्षतविक्षत पारेको छ । पहिराले गाईगोरु, भैँसी चराउने वनसमेत छैन । सामुदायिक वन र कबुलियती वन बनाएपछि स्थानीयवासी घरमै गाईगोरु र भैँसी पाल्न बाध्य भएका छन् ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००