१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ जिसस प्रमुखमा वैद्य




काठमाडौँ
, २२ साउन । काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एमालेका शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन् ।

आइतबार भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गरेका छन् ।

सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार छन् । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००