रसुवा, २२ साउन । यही साउन २७ गते हुने रसुवा जिल्ला समन्वय समिति कार्यसमिति निर्वाचनमा एक दलको मात्र मनोनयनपत्र दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका तर्फबाट जिसस प्रमुखमा कुलप्रसाद भट्ट एवं उपप्रमुखमा छोपेमा तामाङ तथा एक अल्पसंख्यक, तीन महिलासहित नौ जनाको मनोन्वयनपत्र दर्ता भएको हो । जिल्लामा पाँच गाउँपालिका भएकाले गाउँपालिका प्रमुख र उपप्रमुखमा १० मतदाता छन् ।
रासस
प्रतिक्रिया