बागलुङ, २१ साउन । जिल्ला समन्वय समितिको संयोजकमा मा वाम–राप्रपा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार राजेन्द्र ढुङ्गाना विजयी भएका छन् ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य ढुङ्गानाले कांग्रेसका लक्ष्मण आचार्यलाई ४ मत अन्तरले पराजित गरेको हो । ढुंगानाले १२ र आचार्यले ८ मत पाएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिए ।
समितिका उपसंयोजकमा एमालेका विष्णु भुसाल निर्वाचित भएका छन् । समितिका सदस्यहरूमा एमालेका राजु केसी र रुपा विक, जनमोर्चाबाट ताराकुमारी पुन, माओवादी केन्द्रबाट झंकबहादुर कामी, दलबहादुर थापा र फुलकुमारी पुन तथा राप्रपाबाट डिल्ली आचार्य निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागी कांग्रेससँग ८ एमालेसँग ६, माओवादी केन्द्रसँग २, जनमोर्चासँग ३ र राप्रपासँग १ मत थियो । रासस
प्रतिक्रिया