११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङमा समन्वय समितिको मतदान भोलि




मनाङ
, २० साउन । स्थानीय तहको निर्वाचनपछि मनाङमा जिल्ला समन्वय समितिको चुनावका लागि राजनीतिक चहलपहल फेरि बढेको छ । समन्वय समितिको मतदान भोलि साउन २१ गते हुने मुख्य निर्वाचन कार्यालय मनाङले बताएको छ ।

गाउँपालिकाको चुनावले दुई–दुई गाउँपालिकामा सीमित रहेका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले समन्वय समिति आफ्नो पोल्टामा पार्न रस्साकस्सी गरिरहेका छन् । समन्वय समितिमा जम्मा सात पद रहेको छ जसमा मतदाता सङ्ख्या आठजना छन् भने तीन दल र एक स्वतन्त्रबाट चौधजनाको उम्मेदवारी परेको छ ।

प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एमालेको मात्र उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट प्रमुखमा यज्ञप्रसाद घले र उपप्रमुखमा कृष्ण लामा रहेका छन् ।

त्यस्तै, एमालेका तर्फबाट प्रमुखमा चीनबहादुर घले र उपप्रमुखमा प्रेम कुमार श्रेष्ठ छन् । चार दलमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र स्वतन्त्र रहेका छन् ।

नेपाली कांग्रेसबाट प्रमुख, उपप्रमुखलगायत ६, नेकपा एमालेबाट ६, राप्रपा र स्वतन्त्रका एक–एक जना गरी १४ जना उम्मेदवार रहेका छन् ।
रासस

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार ००:००