१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोट जिससको मतदान साउन २९ गते




नुवाकोट
, २० साउन । जिल्ला समन्वय समिति (जिसस), नुवाकोटको निर्वाचनको मतदान यही साउन २९ गते हुने भएको छ ।

निर्वाचन अधिकृत बिदामा भएकाले बुधबार निर्वाचन कार्यालय स्थापना गरी बिहीबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आज शुक्रबार मतदाता नामावली सार्वजनिक गरी शुरु हुने निर्वाचन प्रक्रियाअन्तर्गत साउन २९ गते निर्वाचनको मतदानको मिति तोकिएको छ ।

निर्वाचनको विभिन्न १४ चरणमध्ये शुक्रबार मतदाता नामावली प्रकाशन गर्ने, साउन २२ मा अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने, साउन २३ मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवारविरुद्ध परेका उजुरी लगायतको प्रक्रिया पूरा गरी साउन २६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए । उम्मेदवारलाई साउन २८ मा निर्वाचन चिह्न प्रदान गर्ने र मतदान साउन २९ गते तोकिएको छ ।

नुवाकोटमा जिससको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ जना मतदाता छन् । २४ जना मतदातामध्ये १४ जना नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व जनाउने भएकाले कांग्रेसको स्पष्ट बहुमत रहेको छ । नेकपा एमालेका ६ जना र माओवादी केन्द्रका चारजना मतदाता रहेका छन् ।
रासस

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार ००:००