१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता नामावली दर्ता अब स्थानीय निकायबाट




नेपालगन्ज
, १९ साउन । बाँके जिल्लास्थित निर्वाचन कार्यालयबाट गरिँदै आएको नयँ मतदाता नामावली दर्ता आज बिहिबार देखि स्थानीय तहबाट शुरु गरिएको छ ।

जिल्लाका छ गाउँपालिका, एक नगर तथा एक उपमहानगरपालिकाबाट नाम दर्ताका लागि निर्वाचन कार्यालयले कर्मचारी समेत खटाएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए ।

उनका अनुसार सुरक्षाकर्मी र कार्यकारी अधिकृतबाहेक प्रत्येक स्थानीय तहमा चार–चार जना कर्मचारी खटाइएको छ । मतदाता नामावली दर्ता कार्य साउन ३२ सम्म सञ्चालन हुने जनाइएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, बाँकेमा साउन १ देखि १५ गतेसम्म आठ हजार ७५५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नयाँ दर्ता मतदाता नामावलीमा अहिलेसम्म महिला चार हजार ३०१, पुरुष चार हजार ४५२ र तेस्रो लिङ्गी दुई जना रहेका छन् ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००