१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस डडेल्धुराको निर्वाचन कार्यतालिका सार्वजनिक




डडेल्धुरा
, १९ साउन । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति गठनकाे निर्वाचन साउन २६ गते गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

राजनीतिक दलहरुसंग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो जिल्ला सभामा भएको सहमतिअनुसार प्रमुख, उप्रमुख एक–एक जना, महिला सदस्य तीन जना, दलित वा अल्पसंख्यक सदस्य एकजना, खुला सदस्य तीनजना रहने गरी नौ सदस्यीय समिति गठन गर्न कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिए ।

साउन १७ गते मतदाता नामावली प्रकाशन गरिएको छ भने बुधबार मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने कार्यतालिकामा उल्लेख गरिएको छ ।

आज १९ गते संशोधित मतदाता नामावली प्रकाशन गर्ने, साउन २० गते मतदाताको विरोधमा उजुरी दिने, २१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, २२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

साउन २३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिन्ह प्रदान गरिनेछ भने साउन २६ गते मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले जनाएको छ ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००