१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश र प्रतिनिधि सभा निर्वाचन विधेयक राज्य व्यवस्था समितिमा




काठमाडौँ
। व्यवस्थापिका– संसद्ले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि तयार भएको विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको छ ।

संसद्को आइतबारको बैठकले गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

राज्य व्यवस्था समितिमा ती दुई विधेयकलाई थप परिमार्जन र परिष्कृत गरिनेछ । सांसदले दर्ता गराएको संशोधन प्रस्तावलाई समेत आवश्यक छलफल गरी निष्कर्षमा पुर्याइनेछ । सो विधेयकमाथि हालसम्म एक दर्जनभन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन् ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार ००:००