२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने तयारी



खोटाङमा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने तयारी भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजित पहिलो जिल्लासभाको बैठकले यो निर्णय गरेको हो ।

समितिका पदाधिकारी चयन गर्न साउन २० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचनमा २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी २० जनाले मत दिन पाउने जिल्ला समन्वय समिति कार्यालयका नासु चरिन्द्रप्रसाद आचार्यले बताए ।

सो दिन बिहान ८ देखि अपराह्न ६ बजेसम्म मतदान हुने जिसस निर्वाचन कार्यालयले जनाएको छ । एमालेको १२, नेपाली कांग्रेसको ७ माओवादी केन्द्रको १ मत छ । दश तह रहेको जिल्लामा एमाले पाँच, काँग्रेस चार र माओवादी केन्द्रले एक तहमा विजयी भएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७४, शनिबार ००:००