२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलामा पुल नहुँदा रोकियो विद्यार्थीको पढाइ




जाजरकोट
। साउन ५ गतेदेखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ शुरु भएसंगै समस्या पनि थपिएको छ । जिल्लाका दुर्गम गाउँमा रहेका विद्यालयमा आउन र जान साना बालबालिकालाई खोलानालामा पानी बढेका कारण समस्या भएको हो ।

वर्षायाममा खोलामा पानी बढ्ने तर पुल नभएका कारण विद्यालय आउन र जान समस्या भएको जिकुवास्थित पञ्चभयार माविका शिक्षक दलबहादुर खत्रीले बताए । वर्षायाममा लामो समस्यसम्म विद्यालय बन्द हुँदा विगतका वर्षमा खासै चिन्ता हुँदैनथ्यो तर योपटक साउन ५ गते नै विद्यालय खुल्दा समस्या भएको हो ।

स्थानीय जनप्रतिनिधिले यहाँका विद्यालय नजिक रहेका खोलामा काठेपुलको व्यवस्था गरिदिए ढुक्कका साथ बालबालिकालाई विद्यालयमा पठाउन सकिने त्रिवेणी नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले वताए । हिउँदयाममा खोलामा पानीको मात्रा कम हुने भएकाले त्यसतर्फ ध्यान कसैको नजाने स्थानीयवासीको भनाइ छ ।

जिल्लाका रग्दा, भगवती, सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ, दहलगायतका अधिकांश ठाउँमा यो समस्या छ । खोलामा अस्थायी पुल नभए पछि तत्काल स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने चर्को माग उठेको छ ।

विगतमा विद्यालय आउँदै गर्दा धेरै विद्यार्थीले ज्यान गुमाएको सम्बद्ध शिक्षकको भनाइ छ । अहिले यहाँका स्थानीय तहमा विनियोजन गरिएको बजेटमा खोलामा पुल निर्माण गर्नेतर्फ ध्यान गएको छैन ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार ००:००