८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाका स्थानीय तहमा बजेट निकासा




जुम्ला
। जुम्लाका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको हो ।

कार्यालय प्रमुख विश्वप्रसाद अर्यालका अनुसार चन्दननाथ नगरपालिकामा रु सात करोड ८८ लाख १६ हजार तथा कनकासुन्दरी गाउँपालिकामा रु छ करोड ७६ लाख ४८ हजार, गुठिचौरमा रु पाँच करोड ४५ लाख ३५ हजार, तातोपानीमा रु सात करोड ७२ लाख ८३ हजार र तिला गाउँपालिकामा रु छ करोड ८२ लाख ३७ हजार बजेट निकासा गरिएको छ ।

पातारासी गाउँपालिकामा रु सात करोड ४५ लाख ४३ हजार, सिंजा गाउँपालिकामा रु पाँच करोड ९९ लाख ३१ हजार र हिमा गाउँपालिकामा रु पाँच करोड ६९ लाख ३६ हजार बजेट निकासा गरिएको छ । वित्तीय समानीकरण र ससर्त बजेटस्वरुप आठवटै स्थानीय तहमा कूल रु ५३ करोड ७९ लाख ३२ हजार बजेट निकासा गरिएको अर्यालले बताए ।
रासस

प्रकाशित मिति : ११ श्रावण २०७४, बुधबार ००:००