१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सल्यानका १० स्थानीय तहमा कर्मचारी खटिए




सल्यान
। गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जिल्लाका १० वटै स्थानीय तहमा १८१ जना कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले जिल्लाका विभिन्न सरकारी कार्यालयबाट स्थानीय तहअन्तर्गत नगरपालिका तथा गाउँपालिकामा कर्मचारी खटाएको हो । स्थानीय तहमा खटाइएका कर्मचारीमा जिल्ला कृषि विकास कार्यालयबाट ४४ जना, जिल्ला समन्वय समितिबाट ३७ जना, पशुसेवा कार्यालयबाट ३७ जना, जिल्ला शिक्षा कार्यालयबाट २५ जना, महिला तथा बालबालिका कार्यालयबाट १२ जना खटाइएको छ ।

त्यसैगरी, जिल्ला प्राविधिक कार्यालयबाट ६ जना, जिल्ला वन कार्यालयबाट ६ जना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट ५ जना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ४, जिल्ला युवा समितिको कार्यालयबाट तीन र जिल्ला भूसंरक्षण कार्यालयबाट दुईजना गरी १८१ जना कर्माचारी स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकबाट स्थानीय तहमा हाल सदरमुकाममा रहेका विषयगत सरकारी कार्यालयबाट गाउँस्तरमा कर्मचारी खटिएसंगै स्थानीयले संघीयता लागू भएको तथा सिंहदरबारको सेवा गाउँमै प्राप्त भएको महसुस गर्ने उनले बताए ।
रासस

प्रकाशित मिति : ११ श्रावण २०७४, बुधबार ००:००