१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौ सदस्यीय जिल्ला समन्वय समितिकाे प्रस्ताव पारित




धनगढी
। कैलाली जिल्लामा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने प्रस्ताव नवनिर्वाचित जनप्रतिनिधिको बैठकले पारित गरेको छ । सोमबार सम्पन्न जनप्रतिनिधिको प्रथम जिल्ला सभाले जिल्ला समन्वय समितिमा रहने सदस्यको संख्या टुङ्गो लगाएको हो ।

कैलालीका १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २६ सदस्य रहेको जिल्ला सभामा समन्वय समितिमा रहने सदस्यको संख्याका बारेमा एक मत नदेखिएपछि बहुमतका आधारमा संख्या निर्धारण गरिएको थियो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले समन्वय समितिको समन्वयकारी भूमिका मात्र रहने हुदा धेरै संख्या राखेर खर्च बढाउनुभन्दा कमै राख्न प्रस्ताव गरेका थिए तर एमाले, माओवादी र नेपाल लोकतान्त्रिक फोरमका प्रतिनिधिले भने धेरै जनसंख्या, ठूलो भौगोलिक वनावट र विभिन्न जातजातिलाई समेट्नु पर्ने भन्दै नौ सदस्यीय बनाउनु पर्ने धारणा राखेपछि बहुमतका आधारमा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय पारित भएको हो ।

ज्येष्ठ सदस्य नवलसिं रावलको अध्यक्षतामा भएको जिल्ला सभामा प्रमुख र उपप्रमुख गरी नेकपा एमालेका १३, नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका ५ र फोरम लोकतान्त्रिकका २ गरी २६ सदस्य सहभागी थिए ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार ००:००