४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दा उठाएर एक करोडको लागतमा तटबन्ध




महेन्द्रनगर
, धनुषा । बसही नदीको बाढीका कारण वर्षायाममा कटान तथा डुबानमा पर्दै आएका स्थानीयवासीले चन्दा संकलन गरी तटबन्ध निर्माण गरेका छन् ।

स्थानीयवासीले चन्दा संकलन गरी रू एक करोडको लागतमा ढल्केबरस्थित नदीमा तटबन्ध निर्माण गरेका हुन् । उनीहरुले ६ महिनामै तटबन्ध निर्माण गरेका छन् । पाँचसय मिटर लम्बाइ, १५ मिटर चौडाइ र पाँच मिटर अग्लो तटबन्ध निर्माणपछि ढल्केबर, नक्टाझिझ, श्रीपुर, विश्रामपुर, महेन्द्रनगरलगायत गाउँमा कटान र डुबानको समस्या कम भएको उपभोक्ता समितिका अध्यक्ष राजकिशोर महतोले जानकारी दिए ।

पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ दायाँ र बायाँ किनारमा पाँच÷पाँचा सय मिटर तटबन्ध निर्माण गरिएको छ । जनसहभागितामा निर्माण गरिएको उक्त तटबन्धमा ‘चेकड्याम, स्पर, वाल, कल्भर्ट, स्लोप स्टाइबलाइजेशनको काम अझै बाँकी रहेको अध्यक्ष महतोले बताए ।

भू–संरक्षण कार्यालयले रु ६ लाखको लागतमा तारजाली हालेको छ । गत वर्ष तटबन्ध नहुँदा अधिकांश ठाउँमा सयौँ बिगाहा जग्गा कटान तथा डुबानमा परेको थियो । तटबन्ध निर्माणपछि उक्त क्षेत्रमा कृषकले बाली लगाउने र घर बनाउन थालेका छन् ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार ००:००