७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाद्वारा सप्तरीबाट निर्वाचन तयारी भेला गर्ने




काठमाडौँ
। राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा यही साउन १६, १७ र १८ गते क्रमशः सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्षसहित शीर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला गर्ने भएको छ ।

आगामी असोज २ गते प्रदेश नं २ मा हुने सो निर्वाचनमा पार्टीलाई अग्रस्थानमा स्थापित गराउने उद्देश्यले भेला गराउन लागिएको बताइएको छ । दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेपछि अब जनतासंग बृहत् अन्तक्र्रिया, घरदैलो, राजनीतिक भेलालगायत कार्यक्रम गरिने छ ।

पार्टीले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा उपाध्यक्षद्वय राजीव पराजुली र रामचन्द्र राय सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । समितिले प्रदेश नं २ को स्थानीय तहमा क्रियाशील पार्टीका संगठनसंग समन्वय गरी स्थानीयवासी तथा तराई–मधेशका जनताको चाहना तथा भावना समेटेर चुनावी गतिविधि सञ्चालन गर्नेछ ।

पार्टीले लिएका नीति तथा सिद्धान्तबारे जनतालाई बुझाइने समितिका संयोजक तामाङले जानकारी दिए । समितिले पार्टीको सम्पर्क कार्यालय महोत्तरीको बर्दिवासमा राख्ने छ । यही साउन १५ गते समितिको पूर्ण बैठक आयोजना गरिने बताइएको छ ।
रासस

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार ००:००