१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका छ जना कारबाहीमा




पोखरा
। नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ ले छ जनालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको समितिका सभापति पोषनाथ शर्माले जानकारी दिए ।

कारबाहीमा पर्नेमा माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका अध्यक्षका बागी उम्मेदवार बेलबहादुर गुरुङ, उनको प्रचारप्रसार समितिका संयोजक मीनबहादुर गुरुङ र सदस्य तिलबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका–७ लुम्लेका वडाध्यक्षका बागी उम्मेदवार प्रेमबहादुर गुरुङ, प्रस्तावक कमलबहादुर गुरुङ र समर्थक हितमान गुरुङ छन् । उनीहरुलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको सभापति शर्माले बताए । रासस

 

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार ००:००