७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘उपत्यकामा ‘स्काई रेल’ सञ्चालन गर्न सकिने’




काठमाडौँ
। काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले मंगलबार  ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसंग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराए ।

कम्पनीका अध्यक्ष पाण्डेले तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने बताए ।

त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि ‘स्काई रेल’ सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ । ‘मेट्रो रेल’को तुलनामा ‘स्काई रेल’ सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने छ ।

प्रतिवेदनअनुसार कामपामा सञ्चालन गरिने रेलमा तीन वटा डिब्बा मात्र राख्न सकिने भए पनि सामान्यतया एउटा रेलमा आठ वटासम्म डिब्बा राख्न सकिन्छ । रेलको एउटा डिब्बामा २०० यात्रु अट्न सक्छन् ।

चिनियाँ कम्पनी विवाइडीसंगको सहकार्यमा गरिएको सम्भाव्यता अध्ययनमा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ । कामपा र साइमिक्सबीच ‘स्काई रेल’ सञ्चालन सम्भाव्यता अध्ययनका लगि गत माघ २६ गते सम्झौता भएको थियो । रासस

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार ००:००