हुम्ला । सिमिकोट गाउँपालिकाको पहिलो गाउँ सभाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २५ करोड ३७ लाख ५१ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष वली रावतले कुल बजेटमध्ये चालु खर्चतर्फ रु १३ करोड २० लाख ७५ लाख र पुँजीगत खर्चतर्फ रु १२ करोड १६ लाख ७६ हजार विनियोजन गरिएको जानकारी दिए ।
गाविस अध्यक्ष्य पदमबहादुर लामाको सभापतित्वमा भएको सो सभामा गविसका अन्य पदाधिकारीको समेत सहभागिता थियो । रासस
प्रतिक्रिया