१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ नगरको बजेट ६९ करोड




बागलुङ
। बागलुङ नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ का लागि रु. ६९ करोड २३ लाख १७ हजारको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

शनिबार सम्पन्न पहिलो नगरसभामा नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काले सो विवरण प्रस्तुत गरेका हुन । सबैभन्दा बढी सडक निर्माणमा रु १५ करोड ८९ लाख विनियोजन गरिएको छ ।

बाडस्तरीय पूर्वाधार योजनामा रु पाँच करोड, खानेपानीमा एक करोड ७५ लाख, सहरी सडक तथा नाली निर्माणमा रु तीन करोड रकम छुट्टाइएको उप–प्रमुख खड्काले जानकारी दिए । यस्तै, सामाजिक विकासतर्फ रु २० लाख, गरिबसंग बागलुङ नगरपालिकाको कार्यक्रमका लागि रु २५ लाख, गरिबी न्यूनीकरण कोषका लागि रु ४६ लाख र लक्षित वर्गका लागि रु. ५० लाख बजेट विनियोजन गरिएको छ ।

धार्मिक सम्पदा निमार्णमा रु. एक करोड, पर्यटन प्रवद्र्धनका लागि रु. ५० लाख छुट्टाइएको छ । नगरपालिकाको आम्दानी बढाउन ‘डोजर’ र ‘टिपर’ खरिदका लागि समेत सभाले बजेट विनियोजन गरेको छ । सभाले सामाजिक सुरक्षा भत्तातर्फ रु. १० करोड र विषयगत शाखा कार्यक्रम सञ्चालनका लागि रु. २४ करोड ८९ लाख छुट्टाएको छ ।

आयतर्फ दस्तुर तथा सेवा शुल्कबाट रु. दुई करोड, राजस्व बाँडफाँडबाट रु. एक करोड ६५ लाख, केन्द्रिय अनुदान रु. २५ करोड २६ लाख, वित्तीय समानीकरणतर्फ रु. २४ करोड ८९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने रु. दुई करोड ५६ लाख नगरपालिकालाई प्राप्त हुनेछ ।

यसैगरी, सामाजिक सुरक्षा भत्ताका लागि रु. १० करोड र सौर्य बत्ती जडानका लागि रु. एक करोड एक प्राप्त हुने बजेटमा उल्लेख छ । रासस

प्रकाशित मिति : १ श्रावण २०७४, आइतबार ००:००