१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा हावाहुरीले मकैबालीमा क्षति




बैतडी
। लगातारको वर्षासंगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पुर्याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासंगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् ।

हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको किसानले बताएका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोट, वडा नं ६ धुलिधार लगायतका क्षेत्रमा मकैमा बढी क्षति पुगेको किसानले बताएका छन् । पत्थरकोटमा करिब ३० परिवारको मकैबाली नष्ट गरेको स्थानीय अमर कुँवरले जानकारी दिए ।

यस्तै, सुर्नया गाउँपालिका ८ मा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको स्थानीय महेश साउदले जानकारी दिए । वर्षासंगै आएको हावाहुरीले मकैबालीमा क्षति पुर्याएपछि किसान भोकमरी हुने भन्दै चिन्तित बनेका छन् । रासस

प्रकाशित मिति : २९ असार २०७४, बिहिबार ००:००