१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा ७२४ उम्मेदवारको जमानत जफत




दाङ
। यही असार १४ गते भएको स्थानीय तहको चुनावमा मनोनयन दर्ता गराएका दुई हजार ३८२ उम्मेदवारमध्ये ७२४ जनाको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सो निर्वाचनमा प्रमुख तीन दलका उम्मेदवारमध्ये प्रायले जमानत जोगाएका छन् । सहभागी उम्मेदवारमध्ये एक हजार १३८ जनाले जमानत जोगाएका र ५२० जना विजयी भएका थिए ।

उम्मेदवारले जमानत जोगाउन मत सङ्ख्याको करिब १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर ७२४ उम्मेदवारको मत सङ्ख्या हेर्दा केहीले भने एक मत पनि पाएनन । दाङका १० वटा स्थानीय तहमध्ये घोराही उप–महानगरपालिकामा मात्र १५६ उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृत विजय कार्कीले जानकारी दिए ।

तीमध्ये प्रमुख पदमा उम्मेदवारी दिएका १० जना, उपप्रमुखमा उम्मेदवारी दिएका नौ जना, वडा अध्यक्ष ४१ जना तथा ९६ जना सदस्यको जमानत जफत भएको छ । रासस

प्रकाशित मिति : २८ असार २०७४, बुधबार ००:००