७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरान उपमहानगरपालिकामा एमाले विजयी




इनरुवा
। स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको हो ।

यससंगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ । एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएका हुन् ।

प्रमुखमा निर्वाचित राईले २० हजार ९७५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तिलक राई १६ हजार २०२ र माओवादी केन्द्रका अइन्द्रविक्रम मेघाले ११ हजार १८० मत पाएका छन् ।

त्यसैगरी, उपप्रमुखमा एमालेकी मन्जु भण्डारी सुवेदी २१ हजार २५६ मतसहित विजयी भएकी छन्  भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एकसय ९७ मत पाएकी छन् ।

धरान उपमहानगरका २० वटा वडामध्ये एमालेले १४ वटा वडा जितको छ भने पाँचवटा कांग्रेस र एकवटा माओवादी केन्द्रले जितेको छ । एमालेले वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० जितेको छ । त्यस्तै, कांग्रेसले वडा नं १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ ।

धरानमा मतगणना सकिएसंगै सुनसरीमा सबै स्थानीयतहको मतगणना सकिएको छ । सुनसरी जिल्लामा रहेका सबै १२ वटा स्थानीयतहको मतगणना सकिएको मुख्य निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । रासस

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार ००:००