८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिर्तामोडलाई सुरक्षित, हिंसारहित र जनमुखी बनाउने निर्णय




बनियानी
(झापा) । झापाको बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले नगरलाई सुरक्षित, हिंसारहित र जनमुखी बनाउने निर्णय गरेको छ ।

आइतबार सपथ र पदभार ग्रहणलगत्तै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले बिर्तामोडलाई विषादीमुक्त तथा प्रदुषणमुक्त सहर घोषणा गर्ने, एक वर्षभित्र नगरलाई टुकीमुक्त सहर घोषणा गर्ने निर्णय गरिएको नवनिर्वाचित प्रमुख शिवाकोटीले बताए ।

“नगरको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउन आगामी छ महिना भित्र आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेका छौँ” उपप्रमुख पवित्रा महतरा प्रसाईंले भनिन् । रासस

प्रकाशित मिति : २६ असार २०७४, सोमबार ००:००