१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इनरुवाका नगरप्रमुखद्वारा विकास निर्माणका कार्ययोजना सार्वजनिक




इनरुवा
। सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका नवनिर्वाचित प्रमुख राजन मेहताले नगरको विकास गर्नका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी चुनावी अभियानका क्रममा आफ्नो घोषणापत्रमा उल्लेख गरेको विकास निर्माणलगायतका गतिविधिसहित एक महिने कार्ययोजना सार्वजनिक गरेका हुन् ।

प्रमुख मेहता र उपप्रमुख जमुना गौतम पोखरेलले ५९ बुँदे नगरको विकाससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै कार्ययोजनामा नगरका सबै नाला सफा गर्ने, ढल निकास व्यवस्थित गर्न कार्य तालिका बनाउने, नगरका सबै पोल बत्तीको अवस्था अवलोकन गरी नबल्ने पोलबत्तीलाई बल्ने बनाउने, इनरुवा नगरपालिकाको कार्यालय र नगरका सबै वाडा कार्यालय मातहतमा उजुरी तथा सुझाव पेटिका व्यवस्था गर्ने, नगरवासीको उजुरी तथा गुनासो सुन्न टोल फ्रि नम्बरको व्यवस्था गरी सबै नगरवासीलाई त्यसको जानकारी गराउनेलगायतका काम कार्ययोजनामा उल्लेख गरेका छन् । रासस

प्रकाशित मिति : २६ असार २०७४, सोमबार ००:००