१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङको धनपालथान गाउँपालिकामा कांग्रेस




विराटनगर
। मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो । रासस

प्रकाशित मिति : २४ असार २०७४, शनिबार ००:००