२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरी उपमहानगरमा एमाले विजयी




इटहरी
। इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी भएकी छन् ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसार्इंले १९ हजार ९८५ मत प्राप्त गरेका छन् । सोही पार्टीका उपप्रमुखका उम्मेदवार विमला ढकालले १८ हजार ३५२ मत प्राप्त गरेकी छन् ।

बीसवटा वडा रहेको इटहरी उपमहानगरपालिकाका वडा नं १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा कांग्रेसले जित हात पारेको छ । त्यसैगरी, एमालेले वडा नं २, ४, ५, ९, १३, १४, १८ र १९ मा जितेको छ । वडा नं १० मा भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले जितेको छ ।

इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ७९७ मध्ये ५७ हजार ३८९ ले मतदान गरेका थिए । कांग्रेसबाट क्षेत्र नं १ मा विष्णु चौधरी, ३ मा बालकृष्ण विष्ट, ६ मा दीपक गौतम, ७ मा नरबहादुर राई, ८ मा रोहित चौधरी, ११ मा रुपेश चौधरी, १२ मा हेमानन्द दाहाल हिरा, १५ मा श्रवण चौधरी, १६ मा दीपनारायण चौधरी, १७ मा भगवानलाल साह र २० मा मणिराम श्रेष्ठ विजयी भएका छन् ।

त्यसैगरी, एमालेबाट वडा नं २ मा हर्क मगर, ४ मा चन्द्र भट्टराई, ५ मा कल्याण कार्की, ९ मा भूपेन्द्र बराल, १३ मा शिवनारायण चौधरी, १४ मा रमेश चौधरी, १८ मा रामकुमार चौधरी र १९ मा नारायण चौधरी विजयी भएका छन् । वडा नं १० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रकाश चौधरीले जित हात पारेका छन् । रासस

प्रकाशित मिति : २३ असार २०७४, शुक्रबार ००:००