३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरपालिकामा कांग्रेस, इटहरी उपमहानगरपालिकामा एमालेकाे अग्रता



धनगढी । धनगढी उपमहानगरपालिकाको निर्वाचनको पछिल्लो मतगणनाको परिणामानुसार प्रमुखमा नेपाली कांग्रेसका प्रत्याशी नृप बडले आफ्नो अग्रता बढाएका छन् । तीन दिनदेखि प्रमुखका प्रत्याशी बड र प्रमुखका अर्का स्वतन्त्र प्रत्याशी गोपाल हमालबीच थोरै मतान्तरले प्रतिस्पर्धा हुँदै आएकामा बिहिबार मतान्तर बढेको हो ।

अपराह्नसम्म बडले नौ हजार ८७६ मत पाउँदा हमालले नौ हजार चार मत पाएका थिए । उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्रले सुरुदेखि नै आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै आएकी छन् । उनी साँझसम्म १२ हजार २२४ मतका साथ अग्रस्थानमा रहँदा नेकपा एमालेकी रुक्मिणी देवकोटाले नौ हजार १९३ मत पाएकी छन्

इटहरी । इटहरी उपमहानगरपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार द्वारिकालाल चौधरी २० हजार ७४१ तथा उपप्रमुखमा लक्ष्मी गौतम २० हजार आठ मतका साथ अग्रस्थानमा छन् ।

उनीहरुलाई पच्छ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसार्इंले १८ हजार ४०२ र उपप्रमुखका उम्मेदवार विमला ढकालले १६ हजार ९९२ मत प्राप्त गरी एमालेलाई पच्छ्याइरहेका छन् । अहिले वडा नं ९, १०, ११, १३ र १४ वडाको मतगणना जारी छ । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००