Logo

बिर्तामोड नगरपालिकामा एमाले विजयी



सुरुङ्गा (झापा) । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ । नेकपा एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गरे भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरी विजय भइन् ।

प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गरेका छन् भने उपप्रमुख पदकी उम्मेदवार नेपाली कांग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गरेकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्