कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा किरण सिंह ९ हजार २४५ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले पाँच हजार ६३१ मत प्राप्त गरे ।
उपप्रमुखमा कांग्रेसकी लक्ष्मीदेवी कसौधन आठ हजार ८६५ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार वासुदेवप्रसाद गुप्ताले चार हजार ७१७ मत प्राप्त गरे । रासस
प्रतिक्रिया