उर्लाबारी (मोरङ) । उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्ग फागोले ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे । उक्त नगरपालिकामा कुल २४ हजार ६३३ मत खसेको थियो ।
त्यस्तै उपप्रमुखमा एमालेकी लक्ष्मी भण्डारीले ९ हजार ५३९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले ९ हजार २८० मत प्राप्त गरिन् ।
मोरङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको उर्लाबारी नगरपालिकामा कांग्रेसले पाँच वटा वडा अध्यक्ष र एमालेले चारवटा वडा अध्यक्षमा विजयी भएका छन् । रासस
प्रतिक्रिया