दमक । झापाको गौरादह नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । उक्त नगरपालिकाको प्रमुखमा रोहिकुमार शाहले १० हजार ३०८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदन अधिकारीले नौ हजार ८५४ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा एमालेकी गीता भेटवाल निर्वाचित भइन् । १० वटा वडा रहेको सो नगरपालिकाको वडा नं। २, ६ र ९ को वडाध्यक्षमा कांग्रेस तथा वडा नं। १, ३, ४, ५, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएका छन् । रासस
प्रतिक्रिया